रक्तदान कार्यक्रम सम्पन्न :-

0
64

आज मिती २०८० साल जेष्ठ १० गते बुधवारको दिन यस् नेपा: बहुउदेश्यिय सहकारी संस्था लि इटहरीका कार्यबाहक अध्यक्ष श्री जितेन्द्र कुमार श्रेष्ठ ज्यु को अध्यक्षता र इटहरी उपमहानगरपलिका कार्यालय इटहरीका सहकारी शाखा प्रमुख श्री बाल कुमार पोखरेल ज्युको प्रमुख आतिथ्यतामा बिभिन्न संघ संस्थाबाट पाल्नुहुने अतिथी, संचालक समिती, लेखा समिती, सल्लाहकार समिती, सम्पूर्ण उपसमितिहरु, कर्मचारीहरुको समुपस्थितीमा शेयर सदस्य तथा रक्तदाताहरुको उल्लेख्य सहभागीतामा यस् संस्था बिधिवत दर्ता भई कानुनी मान्यता प्राप्त गरेको दिनको उपलक्ष्यमा बिगतका बर्षहरुमा झै यस् बर्ष पनि आयोजित रक्तदान कार्यक्रममा १३६ जना रक्तदाताहरुबाट रगत सन्कलन गरी कार्यक्रम सम्पन्न भयो ।

संचालक समिती सदस्य श्री भिम बहादुर श्रेष्ठको सम्योकत्वमा आयोजित उक्त कार्यक्रम संचालक श्री थम कुमारी श्रेष्ठले सन्चालन गर्नुभएको थियो भने संचालक सदस्य श्री पुष्पा कुमारी श्रेष्ठले स्वागत मन्तब्य र सल्लाहकार सदस्य श्री गुरुभक्त श्रेष्ठ र नारायण प्रसाद श्रेष्ठले कार्यक्रम सफलताको शुभकामना मन्तब्य बयक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा यस् संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा नियमित ५ पटक र १० पटक रक्तदान गर्नुहुने तपसिलको शेयर सदस्य तथा रक्तदाताहरुलाई प्रशम्शा पत्र सहित सम्मान गरिएको थियो । वहाँहरुलाई मुरिमुरी धन्यवाद ब्यक्त गर्दछौ ।

मानबिय सेवाको पुनित कार्यमा रक्तदान गरी कार्यक्रम सफल बनाईदिनुहुने सम्पूर्ण रक्तदाता, अतिथी, प्रमुख अतिथी, शेयर सदस्य, कर्मचारी लगायत रक्तदाताहरुलाई बितरण गर्न स्व:स्फुर्त फलफुल, खध्यान्न तथा नगद सहयोग गर्नुहुने दाताहरुमा हृदय देखी हार्दिक आभार एवम धन्यवाद ब्यक्त गर्दछौ ।पुनश्च : “प्रार्थना गर्ने ओठहरु भन्दा सेवा गर्ने हाथहरु पवित्र हुन्छन”

तपसिल :-
नियमित ५ पटक रक्तदान गरी सम्मानित हुनुहुने रक्तदाताहरु विवरण :-
१) श्री सिताराम प्रधान इटहरी ४
२) श्री अनुजा श्रेष्ठ इटहरी ४
३) श्री किसन श्रेष्ठ इटहरी ५
४) श्री तिर्थ बहादुर प्रधान इटहरी ०६
नियमित १० पटक रक्तदान गरी सम्मानित हुनुहुने रक्तदाताको विवरण :-
१) श्री हेम कुमारी श्रेष्ठ इटहरी ४

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here