
बार्षिक लेखा परीक्षणको लागि दरखास्त आब्हान सम्वन्धमा
प्रस्तुत् विषयमा यस नेपाः बहुउद्देश्यीय सहकारी संस्था लि. इटहरी, सुनसरीको चालु आ.व. २०८२/०८३ को समाप्ती पछि बार्षिक लेखा परीक्षण गर्न इच्छुक दर्तावाल लेखा परीक्षकहरुबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिन (२०८२।०४।२५ गते) भित्र तपसिल बमोजिमको आवश्यक कागजात सहित लेखा परिक्षण गरे वापत लिने पारिश्रमिक खुलाई रितपूर्वकको दरखास्त आब्हान गरिएको छ । रित नपुगेको र म्याद नाघी प्राप्त हुन आएको निवेदन उपर कुनै कार्यवाही नहुने ब्यहोरा समेत यसै सूचना द्वारा जानकारी गराइन्छ ।
तपसिल
१. लेखा परीक्षकको नागरिकताको प्रतिलिपी ।
२. ब्यवसाय दर्ता प्रमाण पत्र र नविकरण भएको प्रतिलिपी ।
३. चार्टड एकाउण्ट्स संस्थामा दर्ता भएको पेशागत प्रमाण पत्र र नविकरण भएकोको प्रतिलिपी ।
४. चार्टड एकाउण्ट्स संस्थाको सदस्यता प्रमाण पत्रको प्रतिलिपी ।
५. पान दर्ता प्रमाण पत्रको प्रतिलिपी ।
६. कर चुक्ता प्रमाणको प्रतिलिपी ।
७. लेखा परीक्षकले आफु संस्थाको लेखा परीक्षकमा नियुक्ति हुन अयोग्य नभएको लिखित जानकारी पत्र ।

जिल्ला बहूद्देश्यीय सहकारी सङ्घ ली सुनसरीबाट अनुगमन तथा निरीक्षण सम्पन्न :
मिति २०८२ साल ज्येष्ठ २२ गते बिहीबार को दिन जिल्ला बहुउद्देश्यीय सहकारी सङ्घ ली सुनसरीका अध्यक्ष श्री गुणराज काफ्ले ज्युको नेतृत्वमा सङ्घका सल्लाहकार परिषद् सदस्य श्री सोम बहादुर श्रेष्ठ ज्यु तथा सञ्चालक समिति सदस्यहरूको उपस्थितिमा यस नेपा: बहूद्देश्यीय सहकारी संस्था ली इटहरीको कारोबार र गतिविधिको अनुगमन र निरीक्षण भई राय सुझाव प्रदान गरिइदिनुभएकोमा अनुगमन टोलीमा सहभागी सम्पूर्ण पदाधिकारी ज्यूहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौ साथै आगामी दिनहरूमा पनि यसै गरी प्रारम्भिक सदस्य संस्थाहरूको अनुगमन तथा निरीक्षण गर्ने कार्यको निरन्तरता होस् भन्ने अपेक्षा सहित सङ्घको अभिभावकत्व रहेको महसुस भइरहने छ भन्ने आशा एवं विश्वास व्यक्त गर्दछौ।




रक्तदान कार्यक्रम सम्पन्न :-
यस नेपा: बहुउद्देश्यीय सहकारी संस्था ली इटहरी विधिवत् दर्ता भई कानुनी मान्यता प्राप्त गरेको दिनको उपलक्ष्यमा सदा झैँ यस वर्ष पनि आज मिति २०८२ साल ज्येष्ठ १० गते शनिवारको दिन अध्यक्ष श्री जितेन्द्र कुमार श्रेष्ठ ज्युको अध्यक्षता तथा इटहरी उप-महानगरपालिका वडा न ६ का अध्यक्ष श्री दिवस पोखरेल ज्युको प्रमुख आतिथ्यता एवं संस्थाका सल्लाहकार तथा विभिन्न सामाजिक सङ्घ संस्थाका प्रतिनिधिहरूको आतिथ्यता र सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमिति सदस्य, कर्मचारीहरू, भू पु सञ्चालक, लेखा सुपरिवेक्षण समितिका पदाधिकारी ज्युहरू, शेयर सदस्य ज्युहरू र रक्तदाता हरूको उपस्थितिमा इटहरी-६, धरान रोड स्थित यस संस्थाको भवनको प्राङ्गणमा बिहान ७:३० देखि आयोजना गरिएको रक्तदान कार्यक्रममा रक्तदाताहरू बाट १७८ (एक सय अठहत्तर) पिन्ट रगत सङ्कलन गरी सम्पन्न भयो।

सचिव श्री पुष्पा कुमारी खैर गोली ज्युले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा उपाध्यक्ष श्री धन नारायण प्रधान ज्युले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने प्रमुख अतिथि वडा न ६ का अध्यक्ष श्री दिवस पोखरेल ज्युले पहिलो रक्तदाता यस संस्थाको भू पु सचिव श्री याम बहादुर श्रेष्ठ ज्युलाई ब्लड ब्याग र टी-सर्ट प्रदान गरी कार्यक्रमको शुभारम्भ भएको थियो।
सञ्चालक सदस्य तथा सामाजिक सेवा उपसमितिका संयोजक श्री श्याम प्रधान ज्युको संयोजकत्वमा आयोजना भएको उक्त कार्यक्रममा यस संस्थाका संस्थापक सचिव, भू पु अध्यक्ष तथा वर्तमान सल्लाहकार श्री सोम बहादुर श्रेष्ठ ज्यु र भू पु अध्यक्ष तथा वर्तमान सल्लाहकार श्री गुरुभक्त श्रेष्ठ ज्युले सहकारीको ७ सिद्धान्त मध्ये सामाजिक उत्तरदायित्व अन्तर्गत यस संस्थाले बचत तथा ऋण र व्यापार व्यवसाय कारोबारको अलावा विगत लामो समय देखि सामाजिक सेवाको क्षेत्रमा विभिन्न स्वास्थ्य शिविर, आँखा शिविर, दन्त शिविर, पाठे घरको क्यान्सरको उपचार शिविर, अनाथालय तथा वृद्धाश्रममा फलफूल तथा खाद्यान्न वितरण, निर्माण सामग्री वितरण, मठ मन्दिर जीर्णोद्धार, रक्तदान कार्यक्रम जस्ता सामाजिक कार्यको आयोजना गर्दै आइरहेको र यस संस्थाले विगत ३ वर्ष देखि आयोजना गरेको हरेक वर्षको रक्तदान कार्यक्रममा सबै भन्दा बढी रगत सङ्कलन गरी सुनसरी जिल्लामा नै पहिलो संस्था छनौट गरी नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्यालय धरान सुनसरीबाट नियमित सम्मानित हुने सु-अवसर प्राप्त भएको जानकारी गराउँदै आज आयोजित रक्तदान कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।
यस संस्थाले हरेक वर्ष आयोजना गर्दै आइरहेको रक्तदान कार्यक्रममा नियमित ५ पटक रक्तदान गर्नुहुने इटहरी-७ निवासी श्री अनिल जोशी र वराहक्षेत्र-७ निवासी श्री इन्द्र बहादुर श्रेष्ठ ज्युलाई प्रमुख अतिथि श्री दिवस पोखरेल ज्युबाट कदर पत्र प्रदान गरी सम्मान गरिएको थियो।

मानवीय सेवाको पुनीत कार्यमा आज आयोजित रक्तदान कार्यक्रममा आफ्नो अमूल्य रगत दान गर्नुहुने सबै रक्तदाता एवं रक्तदाताहरूलाई वितरण गर्न विभिन्न खाद्य सामग्री सहयोग प्रदान गर्नुहुने दाता महानुभावहरू एवं कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण पदाधिकारी तथा शेयर सदस्य एवं कर्मचारीहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौ।








२५औ वार्षिकोत्सव तथा रजत जयन्ती समारोह सम्पन्न
यस नेपा: बहुउद्देश्यीय सहकारी संस्था ली इटहरी बिधिवत दर्ता भई सञ्चालन भएर २५ वर्ष प्रवेश गरेको शुभ-उपलक्ष्यमा आज मिति २०८१ साल माघ २८ गते सोमबारको दिन संस्थाका अध्यक्ष श्री जितेन्द्र कुमार श्रेष्ठ ज्युको अध्यक्षतामा आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोसी प्रदेशका माननीय मन्त्री श्री रेवती रमण भण्डारी ज्यु को प्रमुख आतिथ्यता एवम् राष्ट्रिय सहकारी महासङ्घ ली नेपालका सञ्चालक श्री योगमाया सुबेदी ज्यु, प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालय कोसी प्रदेश इनरुवा सुनसरीका रजिस्ट्रार श्री हरि बहादुर खत्री ज्यु, यस संस्थाका संस्थापक सचिव, भू पु अध्यक्ष तथा सल्लाहकार श्री सोम बहादुर श्रेष्ठ ज्यु, जिल्ला सहकारी सङ्घ ली सुनसरीका अध्यक्ष श्री गङ्गा प्रसाद दाहाल ज्युको विशिष्ट आतिथ्यतामा साथै विभिन्न सहकारी संस्थाका अध्यक्ष ज्यु एवम् संस्थाका सल्लाहकार, संस्थापक सदस्य, भू पु सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिका सदस्य, पूर्व कर्मचारीहरूको आतिथ्यता र शेयर सदस्य ज्युहरूको उल्लेख्य उपस्थितिमा “रजत जयन्ती समारोह-२०८१” भव्य एवम् सव्य रूपमा सम्पन्न भयो ।
सचिव श्री पुष्पा कुमारी खैरगोलीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा उपाध्यक्ष श्री धन नारायण प्रधानले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सल्लाहकार श्री राजेश श्रेष्ठ ज्यु, गुरुभक्त श्रेष्ठ ज्यु, सोम बहादुर श्रेष्ठ ज्यु, रजिस्ट्रार श्री हरि बहादुर खत्री ज्यु, जिल्ला सहकारी सङ्घ सुनसरीका अध्यक्ष श्री गङ्गा प्रसाद दाहाल ज्यु, राष्ट्रिय सहकारी महासङ्घ ली नेपालका सञ्चालक श्री योगमाया सुबेदी ज्यु, प्रमुख अतिथि माननीय मन्त्री श्री रेवती रमण भण्डारी ज्युले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
उक्त कार्यक्रममा संस्था स्थापना गर्न अहोरात्र खटिनुहुने संस्थापक सदस्य, संस्थाको उन्नति प्रगतिको लागि योगदान दिनुहुने भू पु सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारी ज्युहरूको योगदानको उच्च मूल्याङ्कन सहित कदर पत्रले सम्मान गरिएको थियो ।
यस कार्यक्रममा सहकारी अभियानको विषयमा विशिष्ट योगदान पुर्याए बापत संस्थापक सचिव, भू पु अध्यक्ष तथा सल्लाहकार श्री सोम बहादुर श्रेष्ठ ज्युलाई “नेपा: सहकारी पुरस्कार” र संस्थामा रही २५ वर्ष सेवा गर्नुहुने व्यवस्थापक श्री रुपेश प्रसाद जोशीलाई “उत्कृष्ट कर्मचारी सहकारी” पुरस्कारले सम्मान गरिएको थियो ।
रजत जयन्तीको उपलक्ष्यमा उपस्थित सम्पूर्ण शेयर सदस्य ज्युहरू प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौ । जय सहकारी **









अर्ध वार्षिक समिक्षा कार्यक्रम सम्पन्न :-
यस नेपा: बहुउदेश्यीय सहकारी संस्था लि इटहरीको आ ब २०८१-०८२ को पौष मसान्त सम्मको अर्ध वार्षिक समिक्षा कार्यक्रम संस्थाका अध्यक्ष श्री जितेन्द्र कुमार श्रेष्ठ ज्युको अध्यक्षतामा संचालक समिती, लेखा सुपरिबेक्षण समिती, सल्लाहकार, सबै उपसमीती, कर्मचारीहरुको समुपस्थितीमा आज मिती २०८१ साल माघ १४ गते सोमबारको दिन नेपा: भवन इटहरीमा सम्पन भयो । संस्थाका सचिब श्री पुष्पा कुमारी खैरगोलीले सन्चालन गर्नुभएको उक्त कार्यक्रममा उपाध्यक्ष श्री धन नारायण प्रधानले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो भने कोषाध्यक्ष श्री लाल बहादुर श्रेष्ठले प्रस्तुत गर्नुभएको संस्थाको बित्तिय अवस्था र कार्यक्रमगत अवस्थाको बारेमा उठेका प्रश्न र जिज्ञासाका सम्बन्धमा अध्यक्ष जितेन्द्र कुमार श्रेष्ठ र ब्यबस्थापक रुपेश प्रसाद जोशीले प्रष्ट पार्नु भएको थियो ।



“नेतृत्वको दक्षता अभिवृद्धि” तालिम सम्पन्न :
यस नेपा: बहुउद्देश्यीय सहकारी संस्था ली इटहरीको नवनिर्वाचित सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र नवगठित उपसमिति सदस्यहरूको क्षमता अभिवृद्धिको लागि नेपा: भवन इटहरीमा मिति २०८१ साल कार्तिक २३ र २४ गते सञ्चालन गरिएको “नेतृत्वको दक्षता अभिवृद्धि” विषयक २ दिने तालिमको आज दोस्रो तथा अन्तिम दिन संस्थाका अध्यक्ष श्री जितेन्द्र कुमार श्रेष्ठ ज्युको अध्यक्षता र संस्थापक सचिव, भू पु अध्यक्ष, वर्तमान सल्लाहकार एवम् जिल्ला सहकारी सङ्घ ली सुनसरीका सल्लाहकार श्री सोम बहादुर श्रेष्ठ ज्युको प्रमुख आतिथ्य र भू पु अध्यक्ष तथा वर्तमान सल्लाहकार श्री नारायण प्रसाद श्रेष्ठ ज्युको आतिथ्य तामा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाण पत्र वितरण गरी कार्यक्रमको समापन भयो । उक्त २ दिने तालिम कार्यक्रम राष्ट्रिय सहकारी बैङ्कका तालिम अधिकृत श्री सूर्य प्रसाद रिमाल ज्युको सहजिकरणमा सञ्चालन भएको थियो । सचिव श्री पुष्पा कुमारी खैरगोलीले सञ्चालन गर्नुभएको समापन कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूको तर्फबाट कोषाध्यक्ष श्री लाल बहादुर श्रेष्ठ, सञ्चालक सदस्य श्री मन्सा प्रधान, व्यापार उपसमिति सदस्य श्री शोभा बानिया, पुरस्कार तथा सम्मान छनौट उपसमिति सदस्य श्री गोपाल श्रेष्ठले तालिमको अनुभव र सिकाईकन बारेमा आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो भने तालिम बाट सिकेका कुरालाई व्यवहार मा लागु गर्न सके मात्र तालिमको आयोजना गर्नुको उद्देश्य पुरा हुने बिचार सल्लाहकार श्री नारायण प्रसाद श्रेष्ठ ज्युले व्यक्त गर्नु भयो । समापन कार्यक्रमका प्रमुख अतिथि श्री सोम बहादुर श्रेष्ठ ज्युले वर्तमान सहकारी ऐन, नियमावली, संस्थाको स्वीकृत बिनियौँ, नीति तथा कार्यबिधीहरुको अध्ययन गरी सहकारी मूल्य, मान्यता र सिद्धान्त बमोजिम एवम् शेयर सदस्यहरू र राष्ट्रको सर्वोपरि हितलाई प्राथमिकतामा राखी संस्था सञ्चालन गर्न सके मात्र सफल हुने विश्वास व्यक्त गर्नु भयो । संस्थाका अध्यक्ष श्री जितेन्द्र कुमार श्रेष्ठ ज्युले सम्पूर्ण समिति, उपसमिति सदस्य ज्युहरूलाई तालिम अवधि भरी प्रशिक्षकबाट प्रस्तुत भएका विषयलाई चाख पूर्वक सुनिइदिनुभएकोमा सबै सहभागी सदस्यहरू लाई धन्यवाद दिँदै आगामी दिनहरूमा पनि आवश्यकता बमोजिम यस्ता तालिम कार्यक्रमहरूको आयोजना गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अन्तमा यस संस्थाले आयोजना गरेको अति महत्त्वपूर्ण तालिममा प्रशिक्षकको भूमिका निर्वाह गरी कार्यक्रम सफल बनाई दिनुहुने श्री सूर्य प्रसाद रिमाल ज्यु, राष्ट्रिय सहकारी बैङ्क शाखा कार्यालय इटहरीलाई संस्थाको तर्फ बाट विशेष धन्यवाद व्यक्त गर्न चाहन्छौ ।


बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न :
यही मिती २०८१-०६-१८ गते शुक्रबार आयोजना गरिएको २३औ वार्षिक साधारण सभाबाट नव निर्बाचित अध्यक्ष श्री जितेन्द्र कुमार श्रेष्ठ ज्युको अध्यक्षतामा संस्थापक सचिब तथा भु पु अध्यक्ष श्री सोम बहादुर श्रेष्ठ ज्यु, भु पु अध्यक्ष श्री नारायण बहादुर श्रेष्ठ ज्यु र जिल्ला सहकारी संघ लि सुनसरीको संचालक सदस्य श्री शम्भु कुमार श्रेष्ठ ज्युको आतिथ्यतमा आज मिती २०८१-०६-२१ गते नेपा: भवन इटहरीमा आयोजना गरिएको निबर्तमान संचालक समिती र लेखा सुपरिबेक्षण समिती सदस्य ज्युहरुको बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न भयो ।






