Home Blog Page 3

चैत्र महिनाको उत्कृष्ट कारोबारी सदस्य छनोट

0

यस् संस्थाको शेयर सदस्य न ८३३ का श्री बिष्णु कुमार श्रेष्ठ ज्यु २०७९ चैत्र महिनाको उत्कृष्ट कारोबारी सदस्यमा (Member of the month) छनौट हुनुभएकोले हिजो मिती २०८०।०१।०५ गते मंगलवार संस्थाका संचालक समिति तथा कर्मचारीहरुको समुपस्थितिमा अध्यक्ष श्री चित्रमान प्रधान ज्यु बाट सम्मान तथा पुरश्क्रित गर्ने कार्य सम्पन्न भयो ।
उत्कृष्ट कारोबारी सदस्यमा (Member of the month) छनौट हुनुभएकोमा शेयर सदस्य श्री बिष्णु कुमार श्रेष्ठ ज्युलाई हार्दिक बधाई सहित धन्यवाद ब्यक्त गर्दछौ ।

हार्दिक समबेदना ।।।

सुनसरी जिल्ला इटहरी उपमहानगरपलिका वडा न ०६ निवासी यस् संस्थाका शेयर सदस्य पदम बहादुर श्रेष्ठ (भान्जा बाबु) ,राम बहादुर श्रेष्ठ र दल बहादुर श्रेष्ठको पूजानिय बुवा, गौरीदेवी श्रेष्ठको ससुरा, हर्क बहादुर श्रेष्ठ, भक्त बहादुर श्रेष्ठ र युवराज श्रेष्ठको हजुर बुवा, ईन्द्र कुमारी श्रेष्ठ र सम्झना घिमिरे श्रेष्ठको हजुरबुवा ससुरा, २०५८ सालमा यस् संस्थाको शेयर सदस्यता लिई हाल सम्म नियमित कारोबार गर्नुहुने यस् संस्था का जेष्ठ शेयर सदस्य मणिराज श्रेष्ठ मिती २०८०-०१-०६ गते बुधवार ९५ बर्षको उमेरमा ब्रम्हलिन हुनुभएकोले यस् संस्था पारीवार अत्यन्त दुखित एवम स्तब्ध भएका छौ यस् दु:खद घडीमा दिवङत आत्माको चिर शान्तीको कामना सहित शोक सन्तप्त परिवारजनहरु प्रती धैर्यधारण गर्न सक्ने शक्ती प्रदान गरुन भनी ईश्वर सँग प्रार्थाना गर्दै हार्दिक समबेदना ब्यक्त गर्दछौ ।
यस् दु:खद घडीमा संस्थाको तर्फबाट संचालक समिती, सल्लाहकार समिती, उपसमिती सदस्यहरुको समुपस्थितिमा अध्यक्ष श्री चित्रमान प्रधान ज्युबाट समबेदना पत्र र काजकृया राहत रकम परिवारका सदस्यलाई हस्तान्तरण गर्नुहुँदै ।

हार्दिक समबेदना ।।।

सुनसरी जिल्ला इटहरी उपमहानगरपलिका वडा न २० तरहरा निवासी यस् संस्थाका शेयर सदस्य राम राजभण्डारी, लक्ष्मण राजभण्डारी र उर्मिला राजभण्डारीको ममतामयी माता, शान्ता राजभण्डारी र सुचित्रा तुलाधर राजभण्डारीको सासुआमा, २०६३ सालमा यस् संस्थाको शेयर सदस्यता लिई हाल सम्म नियमित कारोबार गर्नुहुने यस् संस्था का जेष्ठ शेयर सदस्य कृष्ण कुमारी राजभण्डारी मिती २०८०-०१-०८ गते शुक्रवार ८१ बर्षको उमेरमा ब्रम्हलिन हुनुभएकोले यस् संस्था पारीवार अत्यन्त दुखित र मर्माहित भएका छौ यस् दु:खद घडीमा दिवङत आत्माको चिर शान्तीको कामना सहित शोक सन्तप्त परिवारजनहरु प्रती धैर्यधारण गर्न सक्ने शक्ती प्रदान गरुन भनी ईश्वर सँग प्रार्थाना गर्दै हार्दिक समबेदना ब्यक्त गर्दछौ ।
यस् दु:खद घडीमा संस्थाको तर्फबाट संचालक समिती, सल्लाहकार समिती, उपसमिती सदस्यहरुको समुपस्थितिमा अध्यक्ष श्री चित्रमान प्रधान ज्युबाट समबेदना पत्र र काजकृया राहत रकम परिवारका सदस्यलाई हस्तान्तरण गर्नुहुँदै ।

‘सहकारीमा कर ब्यबस्थापन” बिषयक १ दिने तालिम

0

राष्ट्रिय सहकारी बैंक, शाखा कार्यालय इटहरी द्वारा मिती २०८०-०१-१४ गते बिहीवार दुर्गा पार्टी प्यालेस इटहरी-४ मा ”सहकारीमा कर ब्यबस्थापन” बिषयक १ दिने तालिम आन्तरिक राजस्व कार्यालय इटहरीका कर अधिक्रित द्वय श्री सुरेश दाहाल र अश्बिन भट्टराईको सहजिकरणमा आयोजना गरी उक्त कार्यक्रममा सहभागी हुने अवसर प्रदान गरिदिनुभएकोमा आयोजक सहकारी बैंक प्रती हार्दिक धन्यवाद ब्यक्त गर्न चाहन्छौ । उक्त कार्यक्रममा यस् संस्थाबाट ब्यबस्थापक र बरिष्ठ सहायक पदमा कार्यरत कर्मचारीको सहभागीता रहेको थियो ।

बाल खेलकुद तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न :-

0

मिती २०७९-१२-२८ गते मंगलवार इटहरी-८ स्थित नेवा: पार्टी प्यालेसमा ६६औ राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा अध्यक्ष श्री चित्रमान प्रधान ज्युको अध्यक्षता र संचालक समिती, सल्लाहकार समिती, सम्पूर्ण उपसमिती, लेखा समिती, कर्मचारी, शेयर सदस्यहरुको उपस्थितिमा आयोजना गरिएको बाल बचतकर्ताहरुको बाल खेलकुद, कक्षा १ देखी ९ सम्म अध्ययनरत विद्यार्थी मध्ये A+ र A ग्रेड ल्याई उतिर्ण बालबचतकर्ता पुरस्क्रित, नियमित १ बर्ष र ५ बर्ष बचत गर्ने बचतकर्ता पुरश्क्रित तथा सामान्य ज्ञान प्रतियोगिता एवम ७० बर्ष उमेर पार गर्नुहुने जेष्ठ सदस्यहरुको सम्मान कार्यक्रम सम्पन्न भयो । सचिब श्री कालिदास श्रेष्ठले सन्चालन गर्नुभएको उक्त कार्यक्रममा उपाध्यक्ष श्री जितेन्द्र कुमार श्रेष्ठले स्वागत मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमका सम्बन्धमा अध्यक्ष श्री चित्रमान प्रधानले प्रष्ट पार्नुभएको थियो साथै सल्लाहकार श्री नारायण प्रसाद श्रेष्ठ र लक्ष्मी प्रकाश श्रेष्ठले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
पुरष्क्रित तथा सम्मानित हुनुहुने जेष्ठ नागरिक सदस्य र बाल बचतकर्ता नानी, बाबुहरुको दिर्घायु, उज्वल भबिश्य तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौ। उक्त कार्यक्रमका केही झलकहरु :

हार्दिक समबेदना

सुनसरी जिल्ला धरान उपमहानगरपालिका वडा न १७, अजम्बर मार्ग, बिचघोपा निवासी यस् संस्थाका शेयर सदस्य न १५३० का चन्द्रमान श्रेष्ठ एवम दिल बहादुर श्रेष्ठ र कमला श्रेष्ठको पूजानिय बुवा, शेयर सदस्य न १५२९ का कुशिला कुमारी श्रेष्ठका ससुरा भक्त बहादुर श्रेष्ठको यही मिती २०७९।१२।१३ गते ७८ बर्षको उमेरमा निधन भएकोले यस् दु:खद घडीमा दिवङत आत्माको चिर शान्तिको कामना सहित शोक सन्तप्त परिवारजनहरु प्रती धैर्यधारण गर्ने शक्ती प्रदान गरुन भनी ईश्वर सँग प्रर्थाना गर्दै हार्दिक समबेदना ब्यक्त गर्दछौ ।
यस दु:खद घडीमा संस्थाका अध्यक्ष तथा सेवाकेन्द्र ब्यबस्थापन उपसमिती सदस्य र कर्मचारीहरुको समुपस्थितिमा समबेदना पत्रका साथ काजकृया राहत खर्छ हस्तान्तरण गर्नुहुँदै संस्थाका अध्यक्ष श्री चित्रमान प्रधान ज्यु र धरान सेवाकेन्द्र ब्यबस्थापन उपसमितिका सम्योजक श्री मोहन कुमारी प्रधान ज्यु ।

६६औ राष्ट्रिय सहकारी दिवसमा संस्था बन्द रहने सम्बन्धमा ।।।

0

६६औ राष्ट्रिय सहकारी दिवसमा संस्था बन्द रहने छ।

२०८० सालको भित्ते पात्रो (क्यालेन्डर) वितरण भैरहेको बारे सूचना

0

सुचना । सुचना ।। सुचना ।।।

२०८० सालको भित्ते पात्रो (क्यालेन्डर) प्रकाशन भई संस्थामा आई सकेकोले आ-आफ्नो प्रती बुझीलानुहुन सम्पूर्ण शेयर सदस्य महानुभाबहरुमा जानकारीको लागि अनुरोध छ।

 

 

६६औ राष्ट्रिय सहकारी दिवसको कार्यक्रम सम्बन्धी सुचना :-

0

यस् संस्थाको स्विक्रित वार्षिक कार्यक्रम बमोजिम ६६औ राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा संलग्न सुचना बमोजिम सन्चालन हुने कार्यक्रममा उपस्थितीका लागि अनुरोध छ।

Required forms

0

यस नेपा: बहुद्देश्यीय सहकारी संस्था लि. ले उपलब्ध गराउने निम्न फारम हरु मद्ये आफुलाई आवस्यक फारम डाउनलोड गरि भर्न सक्नु हुनेछ। पहिले यकिन गर्नुहोस आफुलाई आवस्यक फारम कुन हो। यदि यस सम्बन्धि कुनै जनाकारी आवस्यक भए यस संथामा सम्पर्क गर्नुहोस्।

उपलब्ध फारम हरु

1. सेयर आवेदन फारम  

2. ऋणमाग फा

3. KYC अद्यावधिक गर्ने फारम

4 मोबाइल बैंकिङ्ग आवेदन फारम

आदरणीय ग्राहक मनानुभावहरु यदि तपाईं कुन फारम भर्न चाहनु हुन्छ त्यस फारम को छेउमा रहेको Download मा क्लिक गर्नु होस्  ! Download गरिसकेपछि उप्त फारम प्रिन्ट आउट गरि फर्नु होला साथै फारम मा उल्लेख भए बमोजिम आबस्यक कागजात संलग्न गरि यस कार्यालयमा पेस गर्नुहोला।

 

 

थप जानकारीको लागि संस्थामा सम्पर्क गर्नुहोला।

नेपा: बहुद्देश्यीय सहकारी संस्था लि.

इटहरी, धरान रोड सुनसरी नेपाल

सम्पर्क फोन नम्बर : 025-585812

इमेल : nepaith812@gmail.com