⚖"एकता, पारदर्शिता र आत्मनिर्भरताको अभियान।
☎ 025-585812 | [email protected]

२५औ वार्षिकोत्सव तथा रजत जयन्ती समारोह सम्पन्न

◷ February 12, 2025

यस नेपा: बहुउद्देश्यीय सहकारी संस्था ली इटहरी बिधिवत दर्ता भई सञ्चालन भएर २५ वर्ष प्रवेश गरेको शुभ-उपलक्ष्यमा आज मिति २०८१ साल माघ २८ गते सोमबारको दिन संस्थाका अध्यक्ष श्री जितेन्द्र कुमार श्रेष्ठ ज्युको अध्यक्षतामा आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोसी प्रदेशका माननीय मन्त्री श्री रेवती रमण भण्डारी ज्यु को प्रमुख आतिथ्यता एवम् राष्ट्रिय सहकारी महासङ्घ ली नेपालका सञ्चालक श्री योगमाया सुबेदी ज्यु, प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालय कोसी प्रदेश इनरुवा सुनसरीका रजिस्ट्रार श्री हरि बहादुर खत्री ज्यु, यस संस्थाका संस्थापक सचिव, भू पु अध्यक्ष तथा सल्लाहकार श्री सोम बहादुर श्रेष्ठ ज्यु, जिल्ला सहकारी सङ्घ ली सुनसरीका अध्यक्ष श्री गङ्गा प्रसाद दाहाल ज्युको विशिष्ट आतिथ्यतामा साथै विभिन्न सहकारी संस्थाका अध्यक्ष ज्यु एवम् संस्थाका सल्लाहकार, संस्थापक सदस्य, भू पु सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिका सदस्य, पूर्व कर्मचारीहरूको आतिथ्यता र शेयर सदस्य ज्युहरूको उल्लेख्य उपस्थितिमा “रजत जयन्ती समारोह-२०८१” भव्य एवम् सव्य रूपमा सम्पन्न भयो ।

सचिव श्री पुष्पा कुमारी खैरगोलीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा उपाध्यक्ष श्री धन नारायण प्रधानले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सल्लाहकार श्री राजेश श्रेष्ठ ज्यु, गुरुभक्त श्रेष्ठ ज्यु, सोम बहादुर श्रेष्ठ ज्यु, रजिस्ट्रार श्री हरि बहादुर खत्री ज्यु, जिल्ला सहकारी सङ्घ सुनसरीका अध्यक्ष श्री गङ्गा प्रसाद दाहाल ज्यु, राष्ट्रिय सहकारी महासङ्घ ली नेपालका सञ्चालक श्री योगमाया सुबेदी ज्यु, प्रमुख अतिथि माननीय मन्त्री श्री रेवती रमण भण्डारी ज्युले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
उक्त कार्यक्रममा संस्था स्थापना गर्न अहोरात्र खटिनुहुने संस्थापक सदस्य, संस्थाको उन्नति प्रगतिको लागि योगदान दिनुहुने भू पु सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारी ज्युहरूको योगदानको उच्च मूल्याङ्कन सहित कदर पत्रले सम्मान गरिएको थियो ।

यस कार्यक्रममा सहकारी अभियानको विषयमा विशिष्ट योगदान पुर्‍याए बापत संस्थापक सचिव, भू पु अध्यक्ष तथा सल्लाहकार श्री सोम बहादुर श्रेष्ठ ज्युलाई “नेपा: सहकारी पुरस्कार” र संस्थामा रही २५ वर्ष सेवा गर्नुहुने व्यवस्थापक श्री रुपेश प्रसाद जोशीलाई “उत्कृष्ट कर्मचारी सहकारी” पुरस्कारले सम्मान गरिएको थियो ।

रजत जयन्तीको उपलक्ष्यमा उपस्थित सम्पूर्ण शेयर सदस्य ज्युहरू प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौ । जय सहकारी **