Home Blog

पदपूर्ति सम्बन्धि सुचना :-

0

इटहरी । मिति २०८२ साल असोज २२ गते बसेको **[संस्थाको नाम]**को सञ्चालक समितिको बैठकको निर्णयअनुसार कार्यालय सहयोगी पद पूर्तिको लागि दरखास्त आह्वान गरिएको छ।

संस्थाले प्रकाशित सूचनाअनुसार रिक्त रहेको कार्यालय सहयोगी पद संख्या १ (एक) को लागि इच्छुक योग्य र उत्साही नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र संस्थामा दरखास्त पेश गर्न सक्नेछन्।

सूचनामा उल्लेख गरिएको छ कि रित नपुगेका वा म्यादभित्र नआएका दरखास्तहरू उपर कुनै कार्यवाही गरिने छैन।

संस्थाले योग्य र इमानदार व्यक्तिहरूलाई अवसर प्रदान गर्दै कार्यालयको कामकाजलाई थप प्रभावकारी बनाउन यो प्रक्रिया अघि बढाएको जनाएको छ।

२४औं वार्षिक साधारण सभा सम्पन्न

0

इटहरी । मिति २०८२ साल असोज ७ गते मंगलबारका दिन **[संस्थाको नाम]**को २४औं वार्षिक साधारण सभा इटहरी–९ स्थित नेवा: पार्टी प्यालेसमा भव्यतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष श्री जितेन्द्र कुमार श्रेष्ठले गर्नुभएको थियो भने प्रमुख अतिथि रुपमा संस्थाका भू.पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार श्री गुरुभक्त श्रेष्ठ उपस्थित रहनुभएको थियो।

त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथिको रुपमा वर्तमान सल्लाहकार श्री राजेश श्रेष्ठ, श्री नारायण प्रसाद श्रेष्ठ, श्री चित्रमान प्रधान, श्री कालिदास श्रेष्ठ तथा कानुनी सल्लाहकार अधिवक्ता श्री कमल बहादुर श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा भू.पूर्व सचिव, कोषाध्यक्ष, लेखा समिति संयोजक तथा राष्ट्रिय सहकारी बैंक लि. शाखा कार्यालय इटहरीकी प्रबन्धक श्रीमती सबिना श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो।

सभामा संस्थाको विगत वर्षको आर्थिक विवरण, आगामी वर्षको योजना तथा कार्यक्रमहरू प्रस्तुत गरी सर्वसम्मत रूपमा पारित गरिएको जानकारी प्राप्त भएको छ।

कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्यहरू, स्थानीय समुदायका प्रतिनिधि तथा अतिथिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

साधारण सभाको समापन अध्यक्ष श्री जितेन्द्र कुमार श्रेष्ठले संस्थाको निरन्तर प्रगति र सहकार्यका लागि सबै सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्दै गर्नुभएको थियो।

सुचना। सुचना।। सुचना

0

मिति २०८२ साल असोज ७ गते मंगलबार नेवा: पार्टी प्यालेस इटहरी-९ मा आयोजना हुने २४औ बार्षिक साधारण सभामा पेश हुने आ ब २०८१-०८२ को बार्षिक प्रतिबेदन छपाई भएर आइसकेकोले संस्थामा उपस्थित भई आ-आफ्नो प्रति बुझिलानुहुन सबै सदस्य ज्युहरुको जानकारीको लागि अनुरोध छ।

२४औ बार्षिक साधारण सभामा उपस्थिति भै दिने बारे।

0

श्री सम्पूर्ण शेयर सदस्यज्यूहरु
यस संस्थाको सञ्चालक समितिको मिति २०८२/०४/२७ गते मंगलबार बसेको बैठकको निर्णयानुसार संस्थाको २४औं वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा हुने निश्चय भएकोले उक्त कार्यक्रममा तपाईको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं ।

मिति : २०८२ साल असोज ७ गते मंगलवार
समय : बिहान १०:०० बजेदेखि
स्थान : नेवाः पार्टी प्यालेस, इटहरी ९ विराटनगर लाईन, सुनसरी, (चिन्तन चौतारी होटलको पछाडी) ।

छलफलका विषयहरू :

१. सञ्चालक समितिको तर्फबाट सचिवको आ.व. २०८१।०८२ को प्रगति प्रतिवेदन तथा आ.व. २०८२१०८३ को प्रस्तावित निति तथा कार्यक्रमहरु पारित गर्ने सम्बन्धमा ।

२. सञ्चालक समितिको तर्फबाट कोषाध्यक्षको आ.व. २०८१।०८२ को प्रगति प्रतिवेदन तथा आ.व. २०८२१०८३ को प्रस्तावित बजेट तथा कार्यक्रमहरु पारित गर्ने सम्बन्धमा ।

३. लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत, छलफल तथा पारित गर्ने सम्बन्धमा ।

४. आ.व. २०८१/०८२ को बाह्य लेखापरीक्षण प्रतिवेदन अनुमोदन गर्ने सम्बन्धमा ।

५. आ.व. २०८२/०८३ को लागि वाह्य लेखापरीक्षकको नियुक्ती तथा पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।

६. विनियम, नीति तथा कार्यविधि संशोधन सम्बन्धमा ।

७. साधारण सभाका निर्णयहरु प्रमाणित गर्ने प्रतिनिधि चयन सम्बन्धमा ।

८. संचालकको राजिनामा सम्बन्धमा ।

९. विविध ।

साधारण सभा सम्बन्धी अन्य आवश्यक जानकारीहरू :

१ साधारणसभामा उपस्थित हुन आउंदा अनिवार्य रुपमा यो प्रतिवेदन र परिचय-पत्र लिई आउनु पर्नेछ । अन्यथा उपस्थिति जनाउन पाइने छैन ।

नोट : उपस्थिती नाम दर्ता विहान ठिक १०:०० बजे देखि दिउँसो ०१:०० बजे सम्ममात्र खुल्ला हुने भएकोले तोकिएको समय भन्दा पछि उपस्थित हुने सदस्यले उपस्थिती (हाजिर) गर्न नपाउने व्यहोरा समेत जानकारीको लागि अनुरोध छ।

बार्षिक लेखा परीक्षणको लागि दरखास्त आब्हान सम्वन्धमा

0

प्रस्तुत् विषयमा यस नेपाः बहुउद्देश्यीय सहकारी संस्था लि. इटहरी, सुनसरीको चालु आ.व. २०८२/०८३ को समाप्ती पछि बार्षिक लेखा परीक्षण गर्न इच्छुक दर्तावाल लेखा परीक्षकहरुबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिन (२०८२।०४।२५ गते) भित्र तपसिल बमोजिमको आवश्यक कागजात सहित लेखा परिक्षण गरे वापत लिने पारिश्रमिक खुलाई रितपूर्वकको दरखास्त आब्हान गरिएको छ । रित नपुगेको र म्याद नाघी प्राप्त हुन आएको निवेदन उपर कुनै कार्यवाही नहुने ब्यहोरा समेत यसै सूचना द्वारा जानकारी गराइन्छ ।

तपसिल

१. लेखा परीक्षकको नागरिकताको प्रतिलिपी ।

२. ब्यवसाय दर्ता प्रमाण पत्र र नविकरण भएको प्रतिलिपी ।

३. चार्टड एकाउण्ट्स संस्थामा दर्ता भएको पेशागत प्रमाण पत्र र नविकरण भएकोको प्रतिलिपी ।

४. चार्टड एकाउण्ट्स संस्थाको सदस्यता प्रमाण पत्रको प्रतिलिपी ।

५. पान दर्ता प्रमाण पत्रको प्रतिलिपी ।

६. कर चुक्ता प्रमाणको प्रतिलिपी ।

७. लेखा परीक्षकले आफु संस्थाको लेखा परीक्षकमा नियुक्ति हुन अयोग्य नभएको लिखित जानकारी पत्र ।

जिल्ला बहूद्देश्यीय सहकारी सङ्घ ली सुनसरीबाट अनुगमन तथा निरीक्षण सम्पन्न :

0

मिति २०८२ साल ज्येष्ठ २२ गते बिहीबार को दिन जिल्ला बहुउद्देश्यीय सहकारी सङ्घ ली सुनसरीका अध्यक्ष श्री गुणराज काफ्ले ज्युको नेतृत्वमा सङ्घका सल्लाहकार परिषद् सदस्य श्री सोम बहादुर श्रेष्ठ ज्यु तथा सञ्चालक समिति सदस्यहरूको उपस्थितिमा यस नेपा: बहूद्देश्यीय सहकारी संस्था ली इटहरीको कारोबार र गतिविधिको अनुगमन र निरीक्षण भई राय सुझाव प्रदान गरिइदिनुभएकोमा अनुगमन टोलीमा सहभागी सम्पूर्ण पदाधिकारी ज्यूहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौ साथै आगामी दिनहरूमा पनि यसै गरी प्रारम्भिक सदस्य संस्थाहरूको अनुगमन तथा निरीक्षण गर्ने कार्यको निरन्तरता होस् भन्ने अपेक्षा सहित सङ्घको अभिभावकत्व रहेको महसुस भइरहने छ भन्ने आशा एवं विश्वास व्यक्त गर्दछौ।

रक्तदान कार्यक्रम सम्पन्न :-

0

यस नेपा: बहुउद्देश्यीय सहकारी संस्था ली इटहरी विधिवत् दर्ता भई कानुनी मान्यता प्राप्त गरेको दिनको उपलक्ष्यमा सदा झैँ यस वर्ष पनि आज मिति २०८२ साल ज्येष्ठ १० गते शनिवारको दिन अध्यक्ष श्री जितेन्द्र कुमार श्रेष्ठ ज्युको अध्यक्षता तथा इटहरी उप-महानगरपालिका वडा न ६ का अध्यक्ष श्री दिवस पोखरेल ज्युको प्रमुख आतिथ्यता एवं संस्थाका सल्लाहकार तथा विभिन्न सामाजिक सङ्घ संस्थाका प्रतिनिधिहरूको आतिथ्यता र सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमिति सदस्य, कर्मचारीहरू, भू पु सञ्चालक, लेखा सुपरिवेक्षण समितिका पदाधिकारी ज्युहरू, शेयर सदस्य ज्युहरू र रक्तदाता हरूको उपस्थितिमा इटहरी-६, धरान रोड स्थित यस संस्थाको भवनको प्राङ्गणमा बिहान ७:३० देखि आयोजना गरिएको रक्तदान कार्यक्रममा रक्तदाताहरू बाट १७८ (एक सय अठहत्तर) पिन्ट रगत सङ्कलन गरी सम्पन्न भयो।

सचिव श्री पुष्पा कुमारी खैर गोली ज्युले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा उपाध्यक्ष श्री धन नारायण प्रधान ज्युले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने प्रमुख अतिथि वडा न ६ का अध्यक्ष श्री दिवस पोखरेल ज्युले पहिलो रक्तदाता यस संस्थाको भू पु सचिव श्री याम बहादुर श्रेष्ठ ज्युलाई ब्लड ब्याग र टी-सर्ट प्रदान गरी कार्यक्रमको शुभारम्भ भएको थियो।
सञ्चालक सदस्य तथा सामाजिक सेवा उपसमितिका संयोजक श्री श्याम प्रधान ज्युको संयोजकत्वमा आयोजना भएको उक्त कार्यक्रममा यस संस्थाका संस्थापक सचिव, भू पु अध्यक्ष तथा वर्तमान सल्लाहकार श्री सोम बहादुर श्रेष्ठ ज्यु र भू पु अध्यक्ष तथा वर्तमान सल्लाहकार श्री गुरुभक्त श्रेष्ठ ज्युले सहकारीको ७ सिद्धान्त मध्ये सामाजिक उत्तरदायित्व अन्तर्गत यस संस्थाले बचत तथा ऋण र व्यापार व्यवसाय कारोबारको अलावा विगत लामो समय देखि सामाजिक सेवाको क्षेत्रमा विभिन्न स्वास्थ्य शिविर, आँखा शिविर, दन्त शिविर, पाठे घरको क्यान्सरको उपचार शिविर, अनाथालय तथा वृद्धाश्रममा फलफूल तथा खाद्यान्न वितरण, निर्माण सामग्री वितरण, मठ मन्दिर जीर्णोद्धार, रक्तदान कार्यक्रम जस्ता सामाजिक कार्यको आयोजना गर्दै आइरहेको र यस संस्थाले विगत ३ वर्ष देखि आयोजना गरेको हरेक वर्षको रक्तदान कार्यक्रममा सबै भन्दा बढी रगत सङ्कलन गरी सुनसरी जिल्लामा नै पहिलो संस्था छनौट गरी नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्यालय धरान सुनसरीबाट नियमित सम्मानित हुने सु-अवसर प्राप्त भएको जानकारी गराउँदै आज आयोजित रक्तदान कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।
यस संस्थाले हरेक वर्ष आयोजना गर्दै आइरहेको रक्तदान कार्यक्रममा नियमित ५ पटक रक्तदान गर्नुहुने इटहरी-७ निवासी श्री अनिल जोशी र वराहक्षेत्र-७ निवासी श्री इन्द्र बहादुर श्रेष्ठ ज्युलाई प्रमुख अतिथि श्री दिवस पोखरेल ज्युबाट कदर पत्र प्रदान गरी सम्मान गरिएको थियो।

मानवीय सेवाको पुनीत कार्यमा आज आयोजित रक्तदान कार्यक्रममा आफ्नो अमूल्य रगत दान गर्नुहुने सबै रक्तदाता एवं रक्तदाताहरूलाई वितरण गर्न विभिन्न खाद्य सामग्री सहयोग प्रदान गर्नुहुने दाता महानुभावहरू एवं कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण पदाधिकारी तथा शेयर सदस्य एवं कर्मचारीहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौ।