बाल खेलकुद तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न :-

0
109

मिती २०७९-१२-२८ गते मंगलवार इटहरी-८ स्थित नेवा: पार्टी प्यालेसमा ६६औ राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा अध्यक्ष श्री चित्रमान प्रधान ज्युको अध्यक्षता र संचालक समिती, सल्लाहकार समिती, सम्पूर्ण उपसमिती, लेखा समिती, कर्मचारी, शेयर सदस्यहरुको उपस्थितिमा आयोजना गरिएको बाल बचतकर्ताहरुको बाल खेलकुद, कक्षा १ देखी ९ सम्म अध्ययनरत विद्यार्थी मध्ये A+ र A ग्रेड ल्याई उतिर्ण बालबचतकर्ता पुरस्क्रित, नियमित १ बर्ष र ५ बर्ष बचत गर्ने बचतकर्ता पुरश्क्रित तथा सामान्य ज्ञान प्रतियोगिता एवम ७० बर्ष उमेर पार गर्नुहुने जेष्ठ सदस्यहरुको सम्मान कार्यक्रम सम्पन्न भयो । सचिब श्री कालिदास श्रेष्ठले सन्चालन गर्नुभएको उक्त कार्यक्रममा उपाध्यक्ष श्री जितेन्द्र कुमार श्रेष्ठले स्वागत मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमका सम्बन्धमा अध्यक्ष श्री चित्रमान प्रधानले प्रष्ट पार्नुभएको थियो साथै सल्लाहकार श्री नारायण प्रसाद श्रेष्ठ र लक्ष्मी प्रकाश श्रेष्ठले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
पुरष्क्रित तथा सम्मानित हुनुहुने जेष्ठ नागरिक सदस्य र बाल बचतकर्ता नानी, बाबुहरुको दिर्घायु, उज्वल भबिश्य तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौ। उक्त कार्यक्रमका केही झलकहरु :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here