यस् संस्थाको स्विक्रित वार्षिक कार्यक्रम बमोजिम ६६औ राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा संलग्न सुचना बमोजिम सन्चालन हुने कार्यक्रममा उपस्थितीका लागि अनुरोध छ।

यस् संस्थाको स्विक्रित वार्षिक कार्यक्रम बमोजिम ६६औ राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा संलग्न सुचना बमोजिम सन्चालन हुने कार्यक्रममा उपस्थितीका लागि अनुरोध छ।

यस नेपा: बहुद्देश्यीय सहकारी संस्था लि. ले उपलब्ध गराउने निम्न फारम हरु मद्ये आफुलाई आवस्यक फारम डाउनलोड गरि भर्न सक्नु हुनेछ। पहिले यकिन गर्नुहोस आफुलाई आवस्यक फारम कुन हो। यदि यस सम्बन्धि कुनै जनाकारी आवस्यक भए यस संथामा सम्पर्क गर्नुहोस्।
आदरणीय ग्राहक मनानुभावहरु यदि तपाईं कुन फारम भर्न चाहनु हुन्छ त्यस फारम को छेउमा रहेको Download मा क्लिक गर्नु होस् ! Download गरिसकेपछि उप्त फारम प्रिन्ट आउट गरि फर्नु होला साथै फारम मा उल्लेख भए बमोजिम आबस्यक कागजात संलग्न गरि यस कार्यालयमा पेस गर्नुहोला।
थप जानकारीको लागि संस्थामा सम्पर्क गर्नुहोला।

सम्पर्क फोन नम्बर : 025-585812
इमेल : nepaith812@gmail.com
यस् नेपा: बहुउद्धेश्यीय सहकारी संस्था लि इटहरी स्थापना भई २३ बर्ष पुरा भएको उपलक्ष्यमा आयोजित २ दिवशीय कार्यक्रमको आज मिती २०७९-१०-२८ गते शनिबार दोस्रो तथा अन्तिम दिन नेपा: भवन इटहरीमा बिहान ११:०० बजे देखी संस्थाका संचालक समिती, लेखा समिती, सल्लाहकार समिती, उपसमितिहरु र कर्मचारीहरुको उपस्थितिमा अर्धबार्षिक समिक्षा एवम सम्मान तथा पुरस्क्रित कार्यक्रमको आयोजना गरि सम्पन्न भयो । सचिब श्री कालिदास श्रेष्ठले सन्चालन गर्नुभएको उक्त कार्यक्रममा उपाध्यक्ष श्री जितेन्द्र कुमार श्रेष्ठले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो भने अध्यक्ष श्री चित्रमान प्रधानले कार्यक्रमका बारेमा प्रष्ट पार्नुभएको थियो र अर्धबार्षिक प्रगती विवरण कोषाध्यक्ष श्री खड्ग नारायण श्रेष्ठले प्रस्तुत गर्नु भई संस्थाको बर्तमान अवस्था र भाबी नितीको बारेमा छलफल भएको थियो। संस्थाको बिगतको अवस्था र बर्तमान अवस्था लाई मध्यनजर गर्दै आगामी दिनमा अपनाउनु पर्ने रणनितीको बारेमा सल्लाहकारको तर्फ बाट निबर्तमान अध्यक्ष श्री नारायण प्रसाद श्रेष्ठले मार्गनिर्देश गर्नु भएको थियो भने कर्मचारीहरु लाई आवश्यक निर्देश सहित संस्था र बजारको बिगत र बर्तमान अवस्था र कर्मचारीहरुको जिम्मेवारीको बारेमा ब्यबस्थापक रुपेश प्रसाद जोशीले मन्तब्य ब्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रममा, बिभिन्न संघ, संस्थामा आवद्ध रही सामाजिक क्षेत्रको समुन्नत बिकास र संबृधीका लागि कृयाशिल रही हाल सम्म उत्कृष्ट ११७ पटक रक्तदान गरी मानबिय सेवाको पुनित कार्यमा अतुलनिय योगदान गर्नुहुने शेयर सदस्य श्री बाबुराम प्रधान र शेयर सदस्य ब्रिधी गर्ने कार्यमा सकृय संचालक सदस्य श्री मोहन कुमारी प्रधानलाई प्रसम्शा पत्र र दोसल्ला ओधाई सम्मान गरिएको थियो भने बिगत १५ बर्ष देखी यस् संस्थाको लेखापाल पदमा नियुक्ती भई हाल बरिष्ठ सहायक पद मा कार्यरत रही आफ्नो जिम्मेवारी पुरा इमान्दारिता, लगनशिलता र कार्यकुशलताका साथ निर्बाह गर्नुहुने सरस्वती श्रेष्ठ र बिगत ५ बर्ष देखी बजार प्रतिनिधि पदमा कार्यरत राजु प्रधान लाई वहाँको ईमान्दारिता र लगनशिलताको उच्च मुल्याङ्कन गरी नगद पुरस्कार सहित प्रशम्शा पत्र प्रदान गरीएको थियो । सम्मानित तथा पुरस्क्रित हुनुहुने शेयर सदस्य, संचालक तथा कर्मचारीहरुलाई हार्दिक बधाई तथा उतरोत्तर प्रगतिको शुभकामना ब्यक्त गर्दछौ ।
उक्त कार्यक्रमका केही झलक हरु :-










मिती २०७९।११।२२ गते सोमबार बागमती प्रदेश, बनेपा-७, काभ्रेपलान्चोक स्थित उग्रतारा बहुउद्देश्यीय सहकारी संस्था लि. बाट यस् संस्थाको गतिबिधी सम्बन्धी अध्ययन अवलोकनको लागि पल्नुहुने भ्रमण दल सँग संचालक समितिको समुपस्थितिमा एक आपसको सिकाई आदान् प्रदान गरी सम्पन्न भयो ।



यस् संस्थाको स्विक्रित वार्षिक कार्यक्रम बमोजिम यही मिती २०७९ साल फाल्गुन ७,८ र ९ गते मकवानपुर जिल्लाको किसान कल्याण बहुउद्देश्यिय सहकारी संस्था लि हेटौंडा-८ र दिब्यतारा बहुउद्देश्यिय सहकारी संस्था लि हेटौंडा-२ को गतिबिधी तथा बहुउद्देश्यिय ब्यवसाय सम्बन्धी अध्ययन अवलोकनको लागि संचालक समिती, लेखा समिती, सल्लाहकार, उपसमिती, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट उध्यमी र कर्मचारीहरुको संयुक्त टोली उक्त अवलोकन भ्रमणमा सहभागी भई सम्पन्न भयो ।





यस् संस्थाको शेयर सदस्य न १३२ कि श्री पार्वती श्रेष्ठ ज्यु २०७९ माघ महिनाको उत्कृष्ट कारोबारी सदस्यमा (Member of the month) छनौट हुनुभएकोले हिजो मिती २०७९।११।०५ गते शुक्रबार संस्थाका संचालक समिति सदस्यहरुको समुपस्थितिमा अध्यक्ष श्री चित्रमान प्रधान ज्युबाट सम्मान तथा पुरश्क्रित गर्ने कार्य सम्पन्न भयो ।
उत्कृष्ट कारोबारी सदस्यमा (Member of the month) छनौट हुनुभएकोमा शेयर सदस्य श्री पार्वती श्रेष्ठ ज्युलाई हार्दिक बधाई
सहित धन्यवाद ब्यक्त गर्दछौ ।



आगामी नयाँ बर्ष २०८० सालको भित्ते पात्रो (क्यालेन्डर) प्रकाशन सम्बन्धी संलग्न प्रकाशित सुचना बमोजिम छपाई गर्न इच्छुक छापाखाना संचालकहरुले तोकिएको मिती भित्र शिलबन्दी कोटेशन पेश गर्नुहुन यो सुचना प्रकाशित गरिएको छ।
