Home Blog Page 4

सुचना । सुचना ।। सुचना ।।। वार्षिक लेखा परिक्षण सम्बन्धी दोस्रो पटक प्रकाशित सुचना :-

0

वार्षिक लेखा परिक्षण सम्बन्धी दोस्रो पटक प्रकाशित सुचना :-

दुना, टपरी, बाती (ईता), धुप, नेवारी खाजा बनाउने तालिम सम्पन्न

0

यस् नेपा: बहुउदेश्यीय सहकारी संस्था लि इटहरीको प्रायोजन तथा नेवार समाज इटहरीको आयोजना एवम नेवा: मिसा: पुच: इटहरीको सम्योजनमा मिती २०८० असार १९ देखी आज २३ गते सम्म नेवा: पार्टी प्यालेस इटहरी-९ को सभाहलमा सन्चालित दुना, टपरी, गोजा, मन्डप, जजन्का, रुवाको बाती (ईता) ,बाटेको धुप, नेवारी खाजा बनाउने तालिममा सहभागी हुने ४३ जना प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र बितरण गरी सम्पन्न भयो । आयोजक र सहयोगी संस्था तथा सहभागी हुनुहुने सम्पूर्णलाई संस्थाको तर्फ बाट हार्दिक धन्यवाद ब्यक्त गर्दछौ ।

रक्तदान कार्यक्रम सम्पन्न :-

0

आज मिती २०८० साल जेष्ठ १० गते बुधवारको दिन यस् नेपा: बहुउदेश्यिय सहकारी संस्था लि इटहरीका कार्यबाहक अध्यक्ष श्री जितेन्द्र कुमार श्रेष्ठ ज्यु को अध्यक्षता र इटहरी उपमहानगरपलिका कार्यालय इटहरीका सहकारी शाखा प्रमुख श्री बाल कुमार पोखरेल ज्युको प्रमुख आतिथ्यतामा बिभिन्न संघ संस्थाबाट पाल्नुहुने अतिथी, संचालक समिती, लेखा समिती, सल्लाहकार समिती, सम्पूर्ण उपसमितिहरु, कर्मचारीहरुको समुपस्थितीमा शेयर सदस्य तथा रक्तदाताहरुको उल्लेख्य सहभागीतामा यस् संस्था बिधिवत दर्ता भई कानुनी मान्यता प्राप्त गरेको दिनको उपलक्ष्यमा बिगतका बर्षहरुमा झै यस् बर्ष पनि आयोजित रक्तदान कार्यक्रममा १३६ जना रक्तदाताहरुबाट रगत सन्कलन गरी कार्यक्रम सम्पन्न भयो ।

संचालक समिती सदस्य श्री भिम बहादुर श्रेष्ठको सम्योकत्वमा आयोजित उक्त कार्यक्रम संचालक श्री थम कुमारी श्रेष्ठले सन्चालन गर्नुभएको थियो भने संचालक सदस्य श्री पुष्पा कुमारी श्रेष्ठले स्वागत मन्तब्य र सल्लाहकार सदस्य श्री गुरुभक्त श्रेष्ठ र नारायण प्रसाद श्रेष्ठले कार्यक्रम सफलताको शुभकामना मन्तब्य बयक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा यस् संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा नियमित ५ पटक र १० पटक रक्तदान गर्नुहुने तपसिलको शेयर सदस्य तथा रक्तदाताहरुलाई प्रशम्शा पत्र सहित सम्मान गरिएको थियो । वहाँहरुलाई मुरिमुरी धन्यवाद ब्यक्त गर्दछौ ।

मानबिय सेवाको पुनित कार्यमा रक्तदान गरी कार्यक्रम सफल बनाईदिनुहुने सम्पूर्ण रक्तदाता, अतिथी, प्रमुख अतिथी, शेयर सदस्य, कर्मचारी लगायत रक्तदाताहरुलाई बितरण गर्न स्व:स्फुर्त फलफुल, खध्यान्न तथा नगद सहयोग गर्नुहुने दाताहरुमा हृदय देखी हार्दिक आभार एवम धन्यवाद ब्यक्त गर्दछौ ।पुनश्च : “प्रार्थना गर्ने ओठहरु भन्दा सेवा गर्ने हाथहरु पवित्र हुन्छन”

तपसिल :-
नियमित ५ पटक रक्तदान गरी सम्मानित हुनुहुने रक्तदाताहरु विवरण :-
१) श्री सिताराम प्रधान इटहरी ४
२) श्री अनुजा श्रेष्ठ इटहरी ४
३) श्री किसन श्रेष्ठ इटहरी ५
४) श्री तिर्थ बहादुर प्रधान इटहरी ०६
नियमित १० पटक रक्तदान गरी सम्मानित हुनुहुने रक्तदाताको विवरण :-
१) श्री हेम कुमारी श्रेष्ठ इटहरी ४

रक्तदान जीवनदान । रक्तदान जीवनदान ।।

0

परोपकाराय पुन्याय, पापाय परपिडनम)(प्रार्थना गर्ने ओठहरु भन्दा सेवा गर्ने हाथहरु पवित्र हुन्छन
सदा झै यस् बर्ष पनि यस् संस्था बिधिवत दर्ता भएको दिनको उपलक्ष्यमा निम्न मिती, समय र स्थानमा रक्तदान कार्यक्रमको आयोजना गरिएकोले उक्त कार्यक्रममा रक्तदान गर्न इच्छुक रक्तदाताहरुले रक्तदान गरी मानबिय सेवाको पुनित कार्यमा सहयोग गरीदिनुहुन सम्पूर्ण शेयर सदस्य तथा इच्छुक माहानुभाबहरुमा हार्दिक अनुरोध गर्दछौ ।

कार्यक्रम :
मिती : २०८० साल जेठ १० गते बुधवार ।
समय : बिहान ७:३० बजे ।
स्थान : नेपा: भवन इटहरी-६, धरान रोड सुनसरी ।
संम्पर्क : ०२५-५८५८१२, ९८४२१२२०१४ ।

चैत्र महिनाको उत्कृष्ट कारोबारी सदस्य छनोट

0

यस् संस्थाको शेयर सदस्य न ८३३ का श्री बिष्णु कुमार श्रेष्ठ ज्यु २०७९ चैत्र महिनाको उत्कृष्ट कारोबारी सदस्यमा (Member of the month) छनौट हुनुभएकोले हिजो मिती २०८०।०१।०५ गते मंगलवार संस्थाका संचालक समिति तथा कर्मचारीहरुको समुपस्थितिमा अध्यक्ष श्री चित्रमान प्रधान ज्यु बाट सम्मान तथा पुरश्क्रित गर्ने कार्य सम्पन्न भयो ।
उत्कृष्ट कारोबारी सदस्यमा (Member of the month) छनौट हुनुभएकोमा शेयर सदस्य श्री बिष्णु कुमार श्रेष्ठ ज्युलाई हार्दिक बधाई सहित धन्यवाद ब्यक्त गर्दछौ ।

हार्दिक समबेदना ।।।

सुनसरी जिल्ला इटहरी उपमहानगरपलिका वडा न ०६ निवासी यस् संस्थाका शेयर सदस्य पदम बहादुर श्रेष्ठ (भान्जा बाबु) ,राम बहादुर श्रेष्ठ र दल बहादुर श्रेष्ठको पूजानिय बुवा, गौरीदेवी श्रेष्ठको ससुरा, हर्क बहादुर श्रेष्ठ, भक्त बहादुर श्रेष्ठ र युवराज श्रेष्ठको हजुर बुवा, ईन्द्र कुमारी श्रेष्ठ र सम्झना घिमिरे श्रेष्ठको हजुरबुवा ससुरा, २०५८ सालमा यस् संस्थाको शेयर सदस्यता लिई हाल सम्म नियमित कारोबार गर्नुहुने यस् संस्था का जेष्ठ शेयर सदस्य मणिराज श्रेष्ठ मिती २०८०-०१-०६ गते बुधवार ९५ बर्षको उमेरमा ब्रम्हलिन हुनुभएकोले यस् संस्था पारीवार अत्यन्त दुखित एवम स्तब्ध भएका छौ यस् दु:खद घडीमा दिवङत आत्माको चिर शान्तीको कामना सहित शोक सन्तप्त परिवारजनहरु प्रती धैर्यधारण गर्न सक्ने शक्ती प्रदान गरुन भनी ईश्वर सँग प्रार्थाना गर्दै हार्दिक समबेदना ब्यक्त गर्दछौ ।
यस् दु:खद घडीमा संस्थाको तर्फबाट संचालक समिती, सल्लाहकार समिती, उपसमिती सदस्यहरुको समुपस्थितिमा अध्यक्ष श्री चित्रमान प्रधान ज्युबाट समबेदना पत्र र काजकृया राहत रकम परिवारका सदस्यलाई हस्तान्तरण गर्नुहुँदै ।

हार्दिक समबेदना ।।।

सुनसरी जिल्ला इटहरी उपमहानगरपलिका वडा न २० तरहरा निवासी यस् संस्थाका शेयर सदस्य राम राजभण्डारी, लक्ष्मण राजभण्डारी र उर्मिला राजभण्डारीको ममतामयी माता, शान्ता राजभण्डारी र सुचित्रा तुलाधर राजभण्डारीको सासुआमा, २०६३ सालमा यस् संस्थाको शेयर सदस्यता लिई हाल सम्म नियमित कारोबार गर्नुहुने यस् संस्था का जेष्ठ शेयर सदस्य कृष्ण कुमारी राजभण्डारी मिती २०८०-०१-०८ गते शुक्रवार ८१ बर्षको उमेरमा ब्रम्हलिन हुनुभएकोले यस् संस्था पारीवार अत्यन्त दुखित र मर्माहित भएका छौ यस् दु:खद घडीमा दिवङत आत्माको चिर शान्तीको कामना सहित शोक सन्तप्त परिवारजनहरु प्रती धैर्यधारण गर्न सक्ने शक्ती प्रदान गरुन भनी ईश्वर सँग प्रार्थाना गर्दै हार्दिक समबेदना ब्यक्त गर्दछौ ।
यस् दु:खद घडीमा संस्थाको तर्फबाट संचालक समिती, सल्लाहकार समिती, उपसमिती सदस्यहरुको समुपस्थितिमा अध्यक्ष श्री चित्रमान प्रधान ज्युबाट समबेदना पत्र र काजकृया राहत रकम परिवारका सदस्यलाई हस्तान्तरण गर्नुहुँदै ।

‘सहकारीमा कर ब्यबस्थापन” बिषयक १ दिने तालिम

0

राष्ट्रिय सहकारी बैंक, शाखा कार्यालय इटहरी द्वारा मिती २०८०-०१-१४ गते बिहीवार दुर्गा पार्टी प्यालेस इटहरी-४ मा ”सहकारीमा कर ब्यबस्थापन” बिषयक १ दिने तालिम आन्तरिक राजस्व कार्यालय इटहरीका कर अधिक्रित द्वय श्री सुरेश दाहाल र अश्बिन भट्टराईको सहजिकरणमा आयोजना गरी उक्त कार्यक्रममा सहभागी हुने अवसर प्रदान गरिदिनुभएकोमा आयोजक सहकारी बैंक प्रती हार्दिक धन्यवाद ब्यक्त गर्न चाहन्छौ । उक्त कार्यक्रममा यस् संस्थाबाट ब्यबस्थापक र बरिष्ठ सहायक पदमा कार्यरत कर्मचारीको सहभागीता रहेको थियो ।