Home Blog Page 3

२३औ वार्षिक साधारण सभा सम्पन्न :

0

आज मिती २०८१ साल आश्विन १८ गते शुक्रबारको दिन यस् नेपा: बहुउदेश्यिय सहकारी संस्था लि इटहरीको अध्यक्ष श्री चित्रमान प्रधान ज्युको अध्यक्षतामा यस् संस्थाका भु पु अध्यक्ष तथा संस्थापक सचिब श्री सोम बहादुर श्रेष्ठ ज्युको प्रमुख आतिथ्यतामा संस्थापक सदस्य तथा सल्लाहकार श्री राजेश श्रेष्ठ ज्यु, भु पु अध्यक्ष तथा सल्लाहकार श्री गुरुभक्त श्रेष्ठ ज्यु, भु पु अध्यक्ष तथा सल्लाहकार श्री नारायण प्रसाद श्रेष्ठ ज्यु, कानुनी सल्लाहकार श्री कमल बहादुर श्रेष्ठ ज्युहरुको बिशेष आतिथ्यता, भु पु सचिब क्रमश: श्री वीर बहादुर श्रेष्ठ, याम बहादुर श्रेष्ठ, सन्जु प्रधान, लक्ष्मी प्रकाश श्रेष्ठ र बिष्णु श्रेष्ठ ज्यु, भु पु कोषाध्यक्ष श्री शशी प्रसाद श्रेष्ठ ज्यु, भु पु लेखा सुपरिबेक्षण समिती सम्योजक तथा सल्लाहकार श्री देव नारायण श्रेष्ठ ज्यु, भु पु सल्लाहकार श्री बिनोद श्रेष्ठ ज्यु, जिल्ला सहकारी संघ लि सुनसरीका संचालक श्री शम्भु कुमार श्रेष्ठ ज्यु, राष्ट्रिय सहकारी बैंक इटहरीको शाखा प्रमुख श्री सविना श्रेष्ठ ज्यु को आतिथ्यतामा इटहरी-४ आईतबारे स्थित दुर्गा पार्टी प्यालेसमा बिहान १०:३० देखी सन्चालन भई संचालक समिती तथा लेखा सुपरीबेक्षण समितीको निर्वाचन सहितको २३औ वार्षिक साधारण सभाबाट सन्चालक समिती तथा लेखा सुपरिबेक्षण समीतिको चयन गरी सम्पन्न भयो ।

आज सम्पन्न साधारण सभाबाट संचालक समिती र लेखा समितीको चयनको लागि गठित निर्वाचन उपसमितीमा सम्योजक श्री गुरुभक्त श्रेष्ठ, सदस्य श्री कमल बहादुर श्रेष्ठ श्री बिष्णु श्रेष्ठ ज्यु रहनु भएको थियो । उक्त कार्यक्रममा संचालक समिती र लेखा सुपरिबेक्षण समितीको पदाधिकारीहरुको सबै पदहरुमा निर्बिरोध निर्बचित हुनुभएको थियो । निर्वाचन कार्यक्रम सफलतापुर्बक सम्पन्न गरी कार्यक्रम सफल बनाई दिनुभएकोमा हार्दिक धन्यवाद ब्यक्त गर्दछौ ।

वार्षिक प्रतिबेदन सम्बन्धमा

0

मिती २०८१।०६।१८ गते शुक्रबार सम्पन्न हुने २३औ वार्षिक साधारण सभामा पेश हुने वार्षिक प्रतिबेदन यहाँ अनलाइन मार्फत अध्ययन गर्न सकिने ब्यहोरा सबै शेयर सदस्य ज्युहरुमा जानकारीको लागि अनुरोध छ ।

नोट : संचालक समिती तथा लेखा सुपरिबेक्षण समितीको निर्वाचन सम्बन्धी सुचना समेत प्रतिबेदनमा प्रकाशित भएकोले सो को समेत जानकारीको लागि अनुरोध छ ।

२३औ वार्षिक साधारण सभा सम्बन्धमा

0

२३औ वार्षिक साधारण सभा सम्बन्धी सुचना :-

२३औ वार्षिक साधारण सभाको वार्षिक प्रतिबेदन सम्बन्धमा :-
यस् नेपा: बहुउदेश्यीय सहकारी संस्था लि इटहरीको मिती २०८१ साल असोज १८ गते शुक्रबार दुर्गा पार्टी प्यालेस इटहरी-४, आईतवारेमा सम्पन्न हुने २३औ वार्षिक साधारण सभामा पेश हुने वार्षिक प्रतिबेदन छपाई भएर आईसकेकोले संस्थाको इटहरी स्थित कार्यालयमा उपस्थित भई आ-आफ्नो प्रती बुझिलानुहुन सम्पूर्ण शेयर सदस्य ज्युहरुमा अनुरोध छ।

वार्षिक लेखा परिक्षणको लागि दरखास्त आब्हान गरिएको सम्बन्धी सुचना :-

0

वार्षिक लेखा परिक्षणको लागि दरखास्त आब्हान गरिएको सम्बन्धी सुचना :-

रक्तदान जीवनदान”! रक्तदान जीबनदान ! “

0

रक्तदान कार्यक्रममा उपस्थित भइ रक्तदान गरि पुन्य कमाऔं ।

मिति २०८१ जेठ १० गते, बुधबार ।
नेपा: सहकारी संस्थाको प्राङ्गणमा ।
इटहरी चोक उत्तर धरान लाईन ।

एम्बुलेन्स लिलाम बिक्रीको लागि शिलबन्दी बोलपत्र आब्हान सम्बन्धी सुचना :-

0

यस् संस्थाबाट सन्चालित एम्बुलेन्स गोप्य शिलबन्दी बोलपत्रको माध्यमबाट लिलाम बिक्री गरिने भएकोले इच्छुक ब्यक्ती, फर्म, कम्पनी, संघ, संस्थाले यो सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुहुन सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ ।

सुचना । सुचना ।। सुचना ।।। वार्षिक लेखा परिक्षण सम्बन्धी दोस्रो पटक प्रकाशित सुचना :-

0

वार्षिक लेखा परिक्षण सम्बन्धी दोस्रो पटक प्रकाशित सुचना :-

दुना, टपरी, बाती (ईता), धुप, नेवारी खाजा बनाउने तालिम सम्पन्न

0

यस् नेपा: बहुउदेश्यीय सहकारी संस्था लि इटहरीको प्रायोजन तथा नेवार समाज इटहरीको आयोजना एवम नेवा: मिसा: पुच: इटहरीको सम्योजनमा मिती २०८० असार १९ देखी आज २३ गते सम्म नेवा: पार्टी प्यालेस इटहरी-९ को सभाहलमा सन्चालित दुना, टपरी, गोजा, मन्डप, जजन्का, रुवाको बाती (ईता) ,बाटेको धुप, नेवारी खाजा बनाउने तालिममा सहभागी हुने ४३ जना प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र बितरण गरी सम्पन्न भयो । आयोजक र सहयोगी संस्था तथा सहभागी हुनुहुने सम्पूर्णलाई संस्थाको तर्फ बाट हार्दिक धन्यवाद ब्यक्त गर्दछौ ।