रक्तदान कार्यक्रम सम्पन्न :-

0
32

यस नेपा: बहुउद्देश्यीय सहकारी संस्था ली इटहरी विधिवत् दर्ता भई कानुनी मान्यता प्राप्त गरेको दिनको उपलक्ष्यमा सदा झैँ यस वर्ष पनि आज मिति २०८२ साल ज्येष्ठ १० गते शनिवारको दिन अध्यक्ष श्री जितेन्द्र कुमार श्रेष्ठ ज्युको अध्यक्षता तथा इटहरी उप-महानगरपालिका वडा न ६ का अध्यक्ष श्री दिवस पोखरेल ज्युको प्रमुख आतिथ्यता एवं संस्थाका सल्लाहकार तथा विभिन्न सामाजिक सङ्घ संस्थाका प्रतिनिधिहरूको आतिथ्यता र सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमिति सदस्य, कर्मचारीहरू, भू पु सञ्चालक, लेखा सुपरिवेक्षण समितिका पदाधिकारी ज्युहरू, शेयर सदस्य ज्युहरू र रक्तदाता हरूको उपस्थितिमा इटहरी-६, धरान रोड स्थित यस संस्थाको भवनको प्राङ्गणमा बिहान ७:३० देखि आयोजना गरिएको रक्तदान कार्यक्रममा रक्तदाताहरू बाट १७८ (एक सय अठहत्तर) पिन्ट रगत सङ्कलन गरी सम्पन्न भयो।

सचिव श्री पुष्पा कुमारी खैर गोली ज्युले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा उपाध्यक्ष श्री धन नारायण प्रधान ज्युले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने प्रमुख अतिथि वडा न ६ का अध्यक्ष श्री दिवस पोखरेल ज्युले पहिलो रक्तदाता यस संस्थाको भू पु सचिव श्री याम बहादुर श्रेष्ठ ज्युलाई ब्लड ब्याग र टी-सर्ट प्रदान गरी कार्यक्रमको शुभारम्भ भएको थियो।
सञ्चालक सदस्य तथा सामाजिक सेवा उपसमितिका संयोजक श्री श्याम प्रधान ज्युको संयोजकत्वमा आयोजना भएको उक्त कार्यक्रममा यस संस्थाका संस्थापक सचिव, भू पु अध्यक्ष तथा वर्तमान सल्लाहकार श्री सोम बहादुर श्रेष्ठ ज्यु र भू पु अध्यक्ष तथा वर्तमान सल्लाहकार श्री गुरुभक्त श्रेष्ठ ज्युले सहकारीको ७ सिद्धान्त मध्ये सामाजिक उत्तरदायित्व अन्तर्गत यस संस्थाले बचत तथा ऋण र व्यापार व्यवसाय कारोबारको अलावा विगत लामो समय देखि सामाजिक सेवाको क्षेत्रमा विभिन्न स्वास्थ्य शिविर, आँखा शिविर, दन्त शिविर, पाठे घरको क्यान्सरको उपचार शिविर, अनाथालय तथा वृद्धाश्रममा फलफूल तथा खाद्यान्न वितरण, निर्माण सामग्री वितरण, मठ मन्दिर जीर्णोद्धार, रक्तदान कार्यक्रम जस्ता सामाजिक कार्यको आयोजना गर्दै आइरहेको र यस संस्थाले विगत ३ वर्ष देखि आयोजना गरेको हरेक वर्षको रक्तदान कार्यक्रममा सबै भन्दा बढी रगत सङ्कलन गरी सुनसरी जिल्लामा नै पहिलो संस्था छनौट गरी नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्यालय धरान सुनसरीबाट नियमित सम्मानित हुने सु-अवसर प्राप्त भएको जानकारी गराउँदै आज आयोजित रक्तदान कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।
यस संस्थाले हरेक वर्ष आयोजना गर्दै आइरहेको रक्तदान कार्यक्रममा नियमित ५ पटक रक्तदान गर्नुहुने इटहरी-७ निवासी श्री अनिल जोशी र वराहक्षेत्र-७ निवासी श्री इन्द्र बहादुर श्रेष्ठ ज्युलाई प्रमुख अतिथि श्री दिवस पोखरेल ज्युबाट कदर पत्र प्रदान गरी सम्मान गरिएको थियो।

मानवीय सेवाको पुनीत कार्यमा आज आयोजित रक्तदान कार्यक्रममा आफ्नो अमूल्य रगत दान गर्नुहुने सबै रक्तदाता एवं रक्तदाताहरूलाई वितरण गर्न विभिन्न खाद्य सामग्री सहयोग प्रदान गर्नुहुने दाता महानुभावहरू एवं कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण पदाधिकारी तथा शेयर सदस्य एवं कर्मचारीहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here