१८औं  बर्सिक साधारण सभा सम्पन्न – nepa.coop.np

१८औं  बर्सिक साधारण सभा सम्पन्न

यस नेपा: बहुद्देश्यीय सहकारी संस्था लि. इटहरी को १८औं  बर्सिक साधारण सभा मिती २०७६-०६-१३ मा सम्पन्न भएको छ।  संस्थाको १८औ वार्षिक साधारणसभाको औपचारिक समुद्घाटन प्रमुख अतिथी प्रदेश सभा, प्रदेश न १, बिराटनगर, नेपालका उपसभामुख माननिय सरस्वती पोखरेल ज्युको बाहुली बाट भएको थियो।

प्रदेश सभा, प्रदेश न १ का सभासद माननिय लीलाम बस्नेत, राष्ट्रिय सहकारी महासंघ लि लेखा समिती सदस्य सोम बहादुर श्रेष्ठ र राष्ट्रिय सहकारी बैंक का संचालक अमृता सुब्बा को बिशिष्ठ आतिथ्यता एवम अतिथिकोको रुपमा बिभिन्न संघ, संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको उक्त कार्यक्रमको अध्यक्षता संस्था का अध्यक्ष चित्रमान प्रधानले गर्नु भएको थियो ।

उक्त कार्यक्रम मा संस्था का शेयर सदस्यहरु मध्ये उत्कृष्ट बचतकर्ता ३ जना, उत्कृष्ट उधमी ३ जना, एस ई ई परिक्षा मा A+ ल्याउने शेयर सदस्य र सदस्य का सन्तती लाई पुरस्क्रित गरिएको थियो भने बि बि ए फर्स्ट ईयरमा अध्ययनरत बिपन्न शेयर सदस्य र सदस्य का सन्ततीलाई उच्चशिक्षा छात्रब्रिती प्रदान गरिएको थियो साथै प्रमुख अतिथी बाट मोबाइल बैंकिङ सेवाको अनाबरण गरी सेवा शुभारम्भ भएको घोषणा गरिएको थियो ।

संस्था स्थापना, यस्को प्रगती र सदस्य को उन्नतीमा अतुलनिय योगदान गर्नुहुने साथै बिगत ३३ बर्ष देखी सहकारी क्षेत्रमा प्रवेश गरी सुनसरी जिल्लाको सहकारी आन्दोलनमा प्रमुख नेत्रित्व गर्दै राष्ट्रिय सहकारी आन्दोलनमा अहम भूमिका निर्बाह गरी हाल राष्ट्रिय सहकारी महासंघको लेखा समिती सदस्य जस्तो गरिमामय पद मा रहनुहुने इटहरी-९ निवासी यस् संस्था का संस्थापक सचिब, भु पु अध्यक्ष र बर्तमान सल्लाहकार तथा बहुउद्देश्य सहकारी संघ लि सुनसरीका बर्तमान अध्यक्ष श्री सोम बहादुर श्रेष्ठ ज्युलाई वहाँको योगदान को सम्मान गर्दै प्रमुख अतिथिको बाहुलीबाट सम्मन-पत्र प्रदान गरिएको थियो ।

उक्त समारोहको उध्घाटन सत्रको सन्चालन सचिब बिष्णु श्रेष्ठले गर्नु भएको थियो भने बन्द सत्र को सन्चालन संचालक सदस्य कलिदास श्रेष्ठ र थम कुमारी श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रम को केही झलकहरु ।

हेर्नुस् उप्त साधारण सभा का केहि झलक हरु।
फोटो तथा भिडियो।

प्रदेश न १, उपसभामुख माननिय सरस्वती पोखरेल ज्यु कार्यक्रम उद्घाटन गर्नुहुँदै

प्रमुख अतिथीबाट भएको सम्बोधन भिडियो

साधारण सभामा सम्मानित हुनुहुने बिशिष्ठ अतिथी सोम बहादुर श्रेष्ठ बाट सोम्बोधन

सस्थां का पूर्व अध्यक्ष तथा सल्लाहकार गुरु भक्त श्रेष्ठ लाई सम्मान गर्नुहुदै वर्तमान अध्यक्ष चित्रमन प्रधान
सस्थां का निबर्तमान अध्यक्ष तथा सल्लाहकार नारायण प्रसाद श्रेष्ठ लाई सम्मान गर्नुहुदै वर्तमान अध्यक्ष चित्रमन प्रधान

नेपा: बहुद्देश्यीय सहकारी संस्था लि. इटहरी को १८औं  बर्सिक साधारण सभा का केहि महत्वपुर्ण झलकहरु हेर्नुहोस्

Facebook Comments Box